त्रि.वि ले अध्ययन बिदामा विदेश गएर नफर्किएका प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने

त्रि.वि ले अध्ययन बिदामा विदेश गएर नफर्किएका प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा विदेश गएका र स्वदेश नफर्किएका प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने भएको छ ।

त्रिविबाटै सेवा सुविधा लिएर विदेश गए पनि पढाइ सकेर उतै हराउने शिक्षक, कर्मचारीको सङ्ख्या बढ्दै गएपछि त्रिविमा अध्ययनरत विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।

१० बुँदे मागसहित भइरहेको आन्दोलनमा नौ बुँदे सहमति गर्दै त्रिविका कार्यकारीबाटै विदेश गएका र नफर्किएकाहरुलाई कारबाही गर्ने प्रतिबद्धता आएको हो । सहमतिसँगै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष अर्थात् रेक्टर को कार्यकक्ष अगाडि पाँच विद्यार्थी सङ्गठनले एक हप्तादेखि गर्दै आएको धर्ना स्थगित भएको छ ।

विभिन्न विद्यार्थी सङ्गठनले १० बुँदे माग राख्दै रेक्टर खड्ग केसीको कार्यकक्ष छिर्ने ढोकामा धर्ना दिँदै आएका थिए । बिहानी र दिवा कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने, सेवा आयोगको विज्ञापन तत्काल खोल्नुपर्नेलगायतका माग विद्यार्थी सङ्गठनले अघि सारेका थिए ।

त्रिविले करार र आंशिक शिक्षकलाई स्वतः करार र स्थायी गर्ने निर्णय कार्यान्वयन नगर्ने, रिक्त रहेको उपप्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न नयाँ विज्ञापन खोल्न, मेरिटका आधारमा उत्कृष्टलाई नियुक्ति गर्न बाधा पुग्ने कार्यविधि संशोधन गर्न सहमत भएको अखिल ९क्रान्तिकारी० विद्यार्थी सङ्गठनका अध्यक्ष दिनेश ऐरले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, पुष २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij