काठमाण्डौ – सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेकाे थियाे । पछिल्लो तीन दिनदेखि सुनको भाउ लगातार उकालो लागेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्