दुग्धजन्य क्षेत्रमा भएका उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न सरकार तयार , मन्त्री दिनेश पन्थी

दुग्धजन्य क्षेत्रमा भएका उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न सरकार तयार , मन्त्री दिनेश पन्थी

बुटवल
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दुग्धजन्य क्षेत्रमा भएका उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न सरकार तयार भएको बताएका छन् । ऐन संसोधन गरेभएपनि व्यवसायी तथा कृषकको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारण सभाको अवसरमार सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पन्थीले यस्तो बताएका हुन् ।
लुम्बिनी प्रदेश विस्तारै दुध र दुग्धजन्य बस्तुमा आत्भर्निर बन्दै गएको अवस्थामा प्रदेश सरकारले किसान, व्यवसायीहरुको सधै साथमा रहेको भन्दै उनले जस्तोसुकै समस्या समाधानको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका हुन । मन्त्री पन्थीले भने–‘दुध र दुग्ध क्षेत्रमा के कस्ता समस्या छन्, आउनुहोस्, हामी समस्या समाधानको लागि हातेमालो गर्न तयार छौैं ।’

दुध र दुग्जन्य बस्तुको उत्पादन बढ्दै जाँदा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको पेयपद्धार्थ उपभोग गर्ने उपभोक्ताहरुको समेत कमी आउने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादन र उपभोगमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले कुनै पनि समस्याको समाधान सामुहिक पहलबाट सम्भव भएको भन्दै सोही अनुसार योजना बनाएर अगाडि बढ्नुपर्ने र यसमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए ।

पशुसेवा विभागका उप महानिर्देशक डा .लेखराज दाहालले अवको कृषि क्रान्ति यन्त्रीकरणमा हुनुपर्ने धारणा राखे । उनले दुधमा गुणस्तर कायम गर्न सकीएन भने अन्य देशमा निर्यात गर्न नसकिने भएको कारण दुध उत्पादक किसान, संकलनकर्ता, उद्योगी सबैले अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा रहेर दुधको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए । नेपालबाट विभिन्न देशमा निर्यात गर्नको लागि विभागले विभिन्न निकायसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताए । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र प्रसाद यादवले दुध तथा दुग्धजन्य पदार्थको विविधिकरणमा उल्लेख्य प्रगति भएको बताउँदै अब यान्त्रीकरणमा जोड दिनुपर्ने बताए । किसानको समस्या समाधानको लागि बोर्डले निरन्तर लागिपरेको बताउँदै उनले अब भुक्तानीसको समस्या हटेर जाने विश्वास व्यक्त गरे । नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले सरकारले लागानी सम्मेलन गरी रातो कार्पेट ओच्छाएर विदेशी लगानीकर्ताहरुलाई स्वदेशमा सहुलीयतमा भित्र्याउँदै गर्दा स्वदेशी उद्योगी, स्वदेशी कच्चा पद्धार्थको प्रयोग गरी विभिन्न बस्तु उत्पादन गरी बजारीकरण गर्दै आएका व्यवासायीहरुलाई भने हेलाको दृष्टिकोणबाट हेर्नु आफैमा जायज कुरा नभएको बताए । उनले नेपाली किसानहरुको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि सरकारले नीतिगत सुधारसहितका कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विशिष्टकृत दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष ज्ञानु पौडेल, नेपाल डेरी एशोसीयसनका सल्लाहकार तथा देवदह नगरपालिकाका पुर्व मेयर हिरा बहादुर खत्री, दुग्ध विकास आयोजना लुम्बिनी वितरण आयोजना प्रमुख कृष्णप्रसाद अर्याल, डेरी उद्योग संघ लुम्बिनीका अध्यक्ष विक्रम रिजाल, नेपाल डेरी एशोसीयसनका पुर्व केन्द्रीय अध्यक्ष सुमित केडीया, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, घरेलुु तथा साना उद्योग महासंघ लुम्बिनीका बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद पोखरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सम्मानित व्यवसायी लिलाधर शर्मा लगायतले विभिन्न सुझाबसहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा एशोसीयसनले विभिन्न डेरी उद्योग व्यवसायीहरु, प्रदेश समिति सदस्यसहितलाई सम्मान गरेको थियो । यस्तै सञ्चार क्षेत्रबाट दुध र दुग्धजन्य बस्तुको प्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै दुई जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनाल र आर्थिक आवाजका सुरेन्द्र पौडेललाई नगद सहितसम्मान गरिएको हो

प्रकाशित मिति : सोमबार, माघ ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij