बुटवल, रुपन्देही प्रहरीले भन्सार छलि गरि ल्याईएका करिब साढे २७ लाख मूल्य बराबरका अबैध सामान बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका वडा नं। ७ बगैंचा स्थित चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।भन्सार नबुझाई भारतबाट अबैध रुपमा नेपाल ल्याईएका उक्त सामानमा सात हजार ८ सय ५० पिस आईफोनको चार्जर केबल, ६ हजार २०० पिस एयर फोन, चार हजार ९०० पिस बिभिन्न किसिमका मोबाइलका ग्लास र ६ सय ८० मिटर मखमलको कपडा रहेको रुपन्देही प्रहरीले बताएको छ।
बरामद गरिएका सामग्रीको बजार मूल्य २७ लाख ४२ हजार बरावर रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामग्रीलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए।
प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्