त्रिदेशीय महिला टी–२० शृङ्खला : नेपाल नेदरल्यान्ड्ससँग फेरि पराजित

त्रिदेशीय महिला टी–२० शृङ्खला : नेपाल नेदरल्यान्ड्ससँग फेरि पराजित

काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो । नेपालकी कप्तान इन्दु बर्माले ३०, सम्झना खड्काले २३ रन बनाइन् । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्ग र क्यारोलिन डी लाङ्गेले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो । नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले ४१ रन बनाइन् । नेपालकी सीता राना मगरले ५ विकेट लिइन् ।

शृङ्खलामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले र हिजो थाइल्यान्डसँग २० रनले पराजित भएको थियो । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्यान्डबीच खेल हुनेछ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : आइतबार, माघ २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij