बुटवल १२ नयाँगाउँमा अठार पुराण तथा चार वेदको अनुष्ठान शुरु

बुटवल १२ नयाँगाउँमा अठार पुराण तथा चार वेदको अनुष्ठान शुरु

बुटवल, बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा रहेको धार्मिक पर्यटकीय स्थल स्वामिनारायण मुक्तिनाथ धाममा आजबाटअठार पुराण तथा चार वेदको अनुष्ठान शुरु भएको छ ।

आज बिहान ११ बजेदेखि शोभा कलश यात्रासहित नगर परिक्रमा गरेपछि महायज्ञको उद्घाटन गरिएको हो ।महायज्ञको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले महायज्ञहरूले धर्म संस्कृति र परम्पराको रक्षा र जन र जगतको कल्याण गर्ने धारणा राख्नुभयो ।महायज्ञमा पहिलो चरणमा चैतन्य कृष्ण र बालव्यास अनुराधा पाण्डे दोस्रो चरणमा अनुराधा देवी र तेस्रो चरणमा आचार्य बिष्णु ज्ञवाली लगायतले संगीतमय कथा प्रवचन दिनुहुनेछ ।

हरेक दिन रुपन्देहीका स्थानीय पालिका प्रमुखहरुबाट उद्वाटन गराउने तालिका रहेको यस महायज्ञमा दीपप्रज्वलन , भजन कृतन तथा विभिन्न गोष्ठीहरु समेत आयोजना हुने मुक्तिनाथ धामका संरक्षक स्वामी लोकानन्दले बताउनुभयो ।

यसैगरी आजबाट दैनिक सन्ध्यामा महाआरती समेत हुने धामका अध्यक्ष बाबुराम महतले जानकारी दिनुभयो । फागुन ९ गतेसम्म संचालन हुने महायज्ञमा अठार पुराण तथा चार वेदको अनुष्ठान हुने हुँदा अरु यज्ञहरु भन्दा फरक रहेको महायज्ञ सम्पादन मूल समितिका संयोजक डिल्लीप्रसाद शर्मा आचार्यले बताउनुभयो ।

हिजोमात्रै धाममा मुक्तिनाथ मंगल भवनको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij