बुटवलबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

बुटवलबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

बुटवल – बुटवलबाट बिभिन्न समयमा हराएका मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल र त्यस आसपासबाट मोटरसाइकल चोरी गर्ने गिरोहको ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ६ थान चोरी भइका मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका वडा नं.५ का १८ वर्षिय राजु थारु, सोही स्थानका १९ वर्षिय अमित भन्ने जंग बहादुर थारु, २० वर्षिय सुदिप थारु, वडा नम्बर ४ का १९ वर्षिय गणेश थारु, १८ वर्षिय निम बहादुर थारु, १९ वर्षिय बिक्की नाउ र १८ वर्षिय बिनोद हरिजन रहेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका अन्तरगत विभिन्न स्थानहरुबाट सवारी साधनहरु(मोटर साईकल र स्कुटर) चोरी भएको सन्दर्भमा इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल रामनगर, इलाका प्रहरी कार्यालय रन्यौरा(मुर्गिया)बाट चोरी भएका सवारी साधनहरु र चोरी गर्ने व्यक्तिहरुलाई खोजतलासको लागी खटाइएको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी बिजय पण्डीतले बताए ।

उनीहरुबाट चोरी भएका ६ थान मोटरसाईकल सहित रुपन्देही जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : शुक्रबार, माघ २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij