नवलपरासी, पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक डान्स बारमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १३ जमुनाबारी स्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा युवाहरूको दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको हो ।
गत माघ २८ गते मध्यराती भएको घटनामा गम्भीर घाईते भएका प्रतापुर गाँउपालिका वडा नम्बर ९ का सन्त बहादुर चौधरीको उपचारको क्रममा हिजो साझ बुटवलमा मृत्यु भएको हो । चौधरीको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजन सहित प्रतापपुर १ बस्ने अमित चौधरी र सोहि स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ । डान्सबार भित्र भिडियो बनाएको निहुँमा झगडा भएको बताईएको छ । घटनामा मिन्टु र सरोज कुमार चौधरी घाईते भएका थिए ।
पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी,प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीले जानकारी दिए
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्