बसाईंसराईं अवसर संगै नयां कार्यको थालनी भएको छ:सुदर्शन बराल

बसाईंसराईं अवसर संगै नयां कार्यको थालनी भएको छ:सुदर्शन बराल

 

बुटवल – अवसरको खोजी र जनजीवन सहजताका लागि एक ठाउंबाट अर्काे ठाउंमा स्थानान्तर हुने कार्य अर्थात बसाईंसराईलाई समस्याको रुपमा व्याख्या गर्न नहुने नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताएका छन् । शनिबार पार्टीको पाल्पा रुपन्देही सम्पर्क समन्वय समितीको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष बरालले बसाईंसराईलाई नयाँ अवसरको रुपमा लिइनुपर्ने बताए । उनले अवसरको खोजीमा गाउंबाट शहर र पहाडबाट तराईमा बसाई सर्नेहरुले आफु जन्मिएको ठाउं र जिल्लालाई भुल्न नहुने भन्दै छरिएर बसेका व्यक्तिहरु विचार मिलाएर संगठित हुनुपर्नेमा जोड दिए ।उक्त संगठित व्यक्तिहरुको समुहले दुवै जिल्लाको रिती संस्कृति र विचार आदानप्रदान संगै भावनात्मक एकता हुने र सामुहिक सहकार्यमा विभिन्न रचनात्मक कार्य गर्न सकिने बताए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य नेत्र पाण्डे, चक्र व्यु थापा , पुरन केसी , पार्वती विक , यज्ञ पोख्रेल, मथुरा ढकाल , रिब्दीकोट गाउंपालीका अध्यक्ष नारायण कार्की ,हुम सुनारी लगायतले बोलेका थिए । सम्पर्क समन्वय समितीको भेलाले केशव पोखरेलको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा केशव भण्डारी, मोहन रसाइली , अम्बिका परियार, सचिवमा टिकाराम गैरे, सहसचिवमा मधुर थापा र कोषाध्यक्षमा बिमला महतरा (रिजना ) चयन भएका छन् । कार्यक्रम केशव पोखरेलको अध्यक्षतामा तथा कृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij