बुटवल उ.वा.संघद्वारा इलाका प्रहरी कार्यालय बुटवलका प्रनाउ पण्डितलाई विदायी

बुटवल उ.वा.संघद्वारा इलाका प्रहरी कार्यालय बुटवलका प्रनाउ पण्डितलाई विदायी

बुटवल -बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलबाट प्रदेश प्रहरी कार्यालय गण्डकीमा सरुवा हुनु भएका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितलाई विदायी गरिएको छ । सोमबार संघमा एक कार्यक्रमका विच उहाँलाई विदायी गरिएको हो ।
त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले प्रनाउ पण्डित १३ महिनाको अन्तरालमा बुटवलमा रहँदा नागरिकले सुरक्षाको अनुभूति गर्ने खालको सुरक्षा व्यवस्थापन मिलाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले प्रनाउ पण्डितले अवैध गतिविधिलाई निगरानी, नियमन र नियन्त्रण गर्ने काममा पनि अब्बल भूमिका निर्वाह गरेको आफूहरुले पाएको बताउँदै भोलीका दिनमा पनि यस्ता सफलता प्राप्तीका लागि नचुक्न र नागरिकको भरोसा कायम राखिराख्न आग्रह गर्नुभयो ।
अघिल्लो वर्षको पुस १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा आउनु भएको प्रनाउ पण्डित प्रदेश प्रहरी कार्यालय गण्डकीमा सरुवा हुनु भएको छ । विदायी कार्यक्रममा बोल्दै प्रनाउ पण्डितले कर्मचारीका लागि सरुवा बढुवा नियमित प्रकृया भएको र कार्यसम्पादनमा पनि नागरिकको साथ र सहयोगले सफलता प्राप्त हुने भनाई राख्नुभयो ।
उहाँले आफू बुटवलमा रहँदा नागरिक, स्थानीय संघसंस्थाको साथ र सहयोगले नै आफूलाई सफलता मिलेको भनाई राख्दै अपराध अनुसन्धानमा समयमा प्राप्त हुने सूचनाले कार्यसम्पदनमा सहज हुने सफलता पनि प्राप्त हुने भनाई राख्नुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रम महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij