रुपन्देहीको सियारीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला

रुपन्देहीको सियारीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला

बुटवल , रुपन्देहीको सियारीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । सियारी गाउँपालिका–२ भगदरी स्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी महिलाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । डिएसपी कार्कीका अनुसार मृतक महिलाको टाउकोमा चोट देखिएका कारण टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

महिलाको पहिचान हुन बाँकी रहेको र घटनाका बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिरहेको सूचना अधिकारी कार्कीले बताउनुभयो ।

विहिबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा सडक किनारको गहुं खेतमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij