भैरहवा , जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हालसम्म फरार रहेका ७ जना अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको बिभिन्न ठाउंबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चोरी मुद्धामा ४ महिना कैद र ४ हजार रुपैयाँ जरिवानाको फैसला भएका ओमसतिया गाउँपालिका ३ बस्ने बिनोद हरीजन, जारी मुद्धामा १ महिना कैद सजाए फैसला भएका तिलोत्तमा नगरपालिका वडा नं। १५ बस्ने नारायण पराजुली र पुष्पा पराजुली पक्राउ परेका छन् ।
यस्तै चेक अनादर मुद्धामा २ महिना कैद सजाए फैसला भएका सिद्धार्थनगर नगरपालिका वडा नं। ४ बस्ने नबि मोहम्मद कुजडा , सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाए फैसला भएका बुटवल उप–महानरगपालिका वडा नं। ११ बस्ने एलिस भन्ने कमलेश कुँवर, कर्तव्य ज्यान मुद्धामा ५० रुपैयाँ जरिवाना फैसला भएका बुटवल उप–महानरगपालिका वडा नं। ३ बस्ने मुनक्का देबि बानिया र बुटवल उप–महानरगपालिका वडा नं। ४ बस्ने ईश्वर बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सातै जनालाई रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्