बुटवल
रुपन्देहीकाे मायादेवीमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोध रहेका छन् ।
आज बिहान ८ः १५ बजे घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले लोधकाे गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी,प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।
घटनापछि मृतकको दाजु फरार रहेकोले उनको खोजी भईरहेको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घरमा घरायसी विवाद रहेको भन्ने सुन्नमा आएकोले साेही कारण हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्