कांग्रेस अब युवाहरूलाई जाेड्ने कार्यक्रम लिएर जनतामा जान जरुरी : नेता काेइराला

कांग्रेस अब युवाहरूलाई जाेड्ने कार्यक्रम लिएर जनतामा जान जरुरी : नेता काेइराला

बुटवल
नेपाली कांग्रेसका नेता डा शेखर काेइरालाले कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरू युवालाई जाेड्ने कार्यक्रम लिएर गाउँ गाउँमा जान आग्रह गरेका छन् ।

पार्टीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादकाे एजेन्डा छाड्यो भन्ने हल्ला निराधार भएको भन्दै उनलेे राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल मन्त्र भएको र यसलाई आत्मसात गरेर अगाडि बढेको बताए ।

नेपाली कांग्रेसकाे सुचना संचार तथा प्रचार विभागद्वारा आइतबार बुटवलमा आयोजित युवाहरूका लागि तथ्यमा आधारित प्रचार अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै नेता काेइरालाले भने-पार्टीकाे अवस्था कमजोर छैन । युवालाई जाेड्ने कार्यक्रम लिएर गाउँ गाउँ जानुस् ।”

जनताको तागत लिएर कांग्रेस चुनावमा एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको भन्दै उनलेे कांग्रेस भित्रकाे आन्तरिक मतभेद त्यागेर एकतावद्व भएर अगाडि बढ्नुपर्नेमा जाेड दिए ।

महाधिवेशन सकिएपछि महाधिवेशनका तिक्तताहरू पालेर बस्न नहुने भन्दै नेता काेइरालाले अब तिक्तता त्यागेर कांग्रेसलाई थप बलियो बनाउन लाग्नुपर्ने उल्लेख गरे ।

मुलुक बनाउन युवाहरूकाे सोच परिवर्तन र मुलुकमा सुशासन स्थापित गर्न जरुरी रहेको भन्दै उनलेे भने-‘हामी नेपाली हौँ, नेपाल बनाउँछौँ भन्ने सोच युवामा हुनुपर्‍यो, यहाँबाट गएका युवाले कतार, दुबई, मलेसियाबनाए। हामी हाम्रै देश बनाउन किन सक्दैनौँ ।”

अर्का नेता बालकृष्ण खाणले कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्दै आएको भन्दै कांग्रेसको विकल्प कांग्रेसनै भएको बताए ।

कार्यक्रममा सहमहामन्त्री जीवन परियार,डा.मिनेन्द्र रिजाल,मिन विश्वकर्मा,नैनसिंह महर,राजु खनाल,भुवन श्रेष्ठ,खेलराज पाण्डेय,सहजकर्ताद्वय जगत नेपाल,हरिबहादर थापा,कमला अधिकारी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij