अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा अघाखाँचीमा ६३ वर्षीय पुरुष पक्राउ

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा अघाखाँचीमा ६३ वर्षीय पुरुष पक्राउ

अर्घाखाँची , अर्घाखाँची प्रहरीले जिल्लाको सन्धिखर्क नगरपालिका–१२ कल्लाबोटमा अपाङ्गता ९बोल्न नसक्ने तथा बौद्धिक अपाङ्गता० भएकी युवतीलाई करणी गरेको आरोपमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई पटक–पटक करणी गरेको आरोपपछि फरार रहेका पुरुषलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीय ६३ वर्षीय गोबिन्द बस्याल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक जगन्नाथ मराासिनीले जानकारी दिनुभयो ।

ती महिलाको पेटमा बच्चा रहेको थाहा पाएपछि बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । गत जेष्ठ ३२ गते प्रहरीमा उजुरी परेको थाहा पाएलगत्तै आरोपित बस्याल फरार रहेका थिए । घरमा काम गर्न आएको समयमा युवतीलाई उनले पटक–पटक करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने तथा मानसिक रुपमा समेत अपाङ्गता भएकी ति महिला बस्यालको घरमा समय–समयमा गोबर फाल्ने, घर सफा गर्ने लगायतका काम सघाउन आउने गरेकी थिइन् । पीडित महिलाले उनै पुरुषको गर्भ बसेपछि छोरा जन्माएकी छिन् । उनले गत कार्तिक २८ गते छोरा जन्माएको प्रहरीले जनाएको छ ।

महिला बोल्न नसक्ने र बौद्धिक अपाङ्गता भएका कारण आफन्त तथा छिमेकीले उनको पेटमा बच्चा बसेपछिमात्रै घटना थाहा पाएका थिए । जब उनको पेटमा बच्चा बस्यो, उनको पेट बढ्दै गयो, अमिलो पिरो मनपराउन थालिन घर तथा छिमेकीलाई शंका लाग्न थाल्यो । उनको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लिएर जाँदा ५ महिनाको बच्चा पेटमा रहेको चिकित्सकले बताए । यो कुरा थाहा पाएपछि परिवारले पीडित महिलासँग बुझ्दै जाँदा आफूमाथि भएका सबै कुरा बताइन् । त्यसपछि परिवारको सहयोगमा पीडित महिलाले प्रहरीमा जाहेरी दर्ता गराइन् । उक्त जाहेरी दर्तापछि आरोपित बस्याल फरार रहेका थिए ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij