नवलपरासी-पश्चिम नवलपरासीमा अदालतले दोषी ठहर गरेको ३२ वर्षपछि एक फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले चोरी ९डाका० मुद्धाका फरार रहेका सुनवल नगरपालिका वडा नम्बर १३ बस्ने रामबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङलाई २०४९ मङ्सिर २८ गते अदालतले दोषी ठहर गरेको थियो । दोषी करार पश्चात अदालतले पाँच वर्ष दुई महिना २५ दिन कैद सजाय र २ हजार ९ सय ७ रुपैया जरिवाना हुने गरी फैसला सुनाएको थियो ।
फैसला पश्चात उनि फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाका अनुसार पक्राउ पर्नेमा सुनवल नगरपालिका १३ का रामबहादुर गुरुङ रहेका छन् । गुरुङलाई कैद भुक्तानका लागि अदालतमा पेस गरेपछि अदालतले जिल्ला कारागार चलान गरेको प्रहरी निरिक्षक सन्तोष पौडेलले बताए।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्