तिलोत्तमा -रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोकमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको डिएसपी सुरज कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार बुटवलबाट आउँदै गरेको लु५६प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा२०च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडी आज बिहान एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि गँभिर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको र कार तथा कार चालकलाई नियन्त्रणमा लिएर छानवीन अगाडी बढाइएको प्रहरीले जनाएको छ । विद्यार्थीको सडक दुर्घटनामा परि निधन भएपछि विद्यालयले आज एक दिनका लागी शोकस्वरुप विद्यालय बन्द रहने जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्