नेपाली बजारमा ८१ प्रतिशत बिना सीपको न्यूनस्तरको श्रमशक्ति छ : गगन थापा

नेपाली बजारमा ८१ प्रतिशत बिना सीपको न्यूनस्तरको श्रमशक्ति छ : गगन थापा

काठमाडौँ , नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्यूनस्तरको श्रमशक्ति रहेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आइतवार रोजगारको समस्या समाधानबारे आयोजित कार्यक्रममा उनले यस्तो भन्दै सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको पनि बताए ।

उनले नेपालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको दावी गरे।

‘नेपालमा हाइड्रो पावर निर्माण भइरहेको छ जसबाट रोजगारी सिर्जना भएको छ तर नेपालीले काम पाइरहेका छैनन्। नेपालीले काम पाएन भनिरहेका छौँ तर किन काम पाएन भन्ने कुरा यस्तो छ‚’ उनले भने, ‘चिनियाँको तुलनामा ४५ प्रतिशत, भारतको हिसाबमा ८१ प्रतिशत उत्पादनको अवस्था देखिन्छ। किन यस्तो भयो होला तरु श्रम बजारमा भएको हाम्रो जनशक्तिमध्ये अधिकांश तह एकको छ। तह एकको भनेको सबैभन्दा तल्लो किसिमको सीप भनेको हो।’

उनले विदेशमा बिनासीपको श्रमशक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको दावीसमेत गरे। नेपालमा युवा जनशक्तिलाई सीप प्रदान गर्नुपर्ने वा सीपअनुसारको रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए।

‘श्रम बजारमा मान्छे छ। कसैले उद्योग खोल्यो। उसलाई श्रमिक चाहिएको छ। सीप दिने अर्कैतिर छ। जुन सीप चाहिएको हो त्यो आइरहेको छैन। फेरि बाहिर ९विदेश० को बजारले सीप ९स्किल० नभएको मान्छे चाहिएको छ‚’ उनले भने, ‘हामी हाम्रो मान्छे बाहिर गयो मात्र भन्छौँ किन गयो भनेर खोजी गर्दैनौँ। उसँग उमेर छ, श्रम शक्ति छ तर सीप छैन। हाम्रोमा स्किल भएको कामको मात्र रोजगारीको सिर्जना भएको देखिन्छ कतिपय सन्दर्भमा। कृषि क्षेत्रमा भएको श्रम शक्ति ८५ प्रतिशत तह एकको छ।’

महामन्त्री थापाले देशमा ठूलो जनसंख्या रोजगारबाट विमुख भएको तथा रोजगार पाएकाले पनि कम पारिश्रमिक पाएका कारण विदेश जान बाध्य भएको बताए।

सुनका गहना बनाउने लगायत कतिपय रोजगारमा नेपाली युवाको अरुचिका कारण अधिकांश कामदार विदेशबाट आउने गरेको उनको भनाइ छ।

सहभागिताबारे वकालत गर्ने, संविधानमा श्रमिकको छुट्टै क्लस्टर बनाउने व्यवस्थाका लागि राजनीतिक दल तथा सरकारको ध्यानाकर्षण गराउने, संगठन निर्माणका लागि देशभर अभियान सञ्चालन गर्नेलगायतका विशेष प्रस्ताव पेश गरेको जानकारी दिए।

प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij