रुपन्देहीको १९ स्थानमा खेतीयोग्य जग्गाको माटो परीक्षण गर्दा माटोमा प्रांगारिक पदार्थको कमी र क्षारियपन बढ्दो

रुपन्देहीको १९ स्थानमा खेतीयोग्य जग्गाको माटो परीक्षण गर्दा माटोमा प्रांगारिक पदार्थको कमी र क्षारियपन बढ्दो

बुटवल, रुपन्देहीको १९ स्थानमा खेतीयोग्य जग्गाको माटो परीक्षण गर्दा माटोमा प्रांगारिक पदार्थको कमी र क्षारियपन बढ्दो देखिएको छ । बुटवलको सेमलार, मोतीपुर र आसपासका क्षेत्रमा व्यवसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमूना परिक्षण गर्दा क्षारियपन अधिक र प्रांगारिक पदार्थको मात्रा न्यून भएको पाइएको हो । माटोको उपयोग र मल बिउको प्रयोगमा ध्यान नपुग्दा यस्तो अवस्था आएको हो ।

यहाँको माटोमा अर्गानिक मलको प्रयोग अति कम, नाइट्रोजन कम, फसफोरस बढी र पोटास मध्यम रहेको माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा, बाँकेले जनाएको छ । कृषि प्राविधिक सोमन कुर्मीका अनुसार यस क्षेत्रमा अम्लियपना भन्दा क्षारियपन बढी रहनुका साथै प्रांगारिक कम हुनु माटोको गुणस्तर कम भइ उत्पादनमा समेत कमी आउँछ । तसर्थ माटोमा प्रांगारिक तत्वको मात्र बढाउने गर्न आवश्यक छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेबाट खटिएको प्राविधिक टोलीले गरेको १९ स्थानको माटोको नमुना परीक्षणमा अधिकांश नमूना माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून भएको पाइएको बताएको छ । बुटवल, सेमलार र मोतीपुरका अधिकांश नमूनामा माटोमा प्रांगारिक पदार्थको कमी देखिएको बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जि।सी।ले बताए । पछिल्लो समय किसानहरु आफैले पनि माटो परीक्षणमा चासो देखाउन थालेका छन् ।

माटोमा क्षारियपन बढ्दो, पोटास मध्यम, फस्फोरस बढी, नाईट्रोजनको मात्रा कम पाइएको अधिकृत जि।सीको भनाइ छ । घरघरमा गोठेमल, कम्पोष्ट मल बनाउनुका साथै पशुमूत्र सकंलन, घरायसी कुहिने फोहरको उचित व्यवस्थापन गरी कम्पोष्ट मल निर्माण साथै प्रयोगमा जोड दिनुपर्ने जि।सी।ले बताए । साथै दीर्घकालीन रूपमा प्रांगारिक पदार्थ बढाउने कृषि पद्दतिहरू जस्तै बाली चक्र, अन्तरबाली, कोशेबाली, हरियो मलको प्रयोग, बालीको जमिनमुनीको भागलाई माटो मिलाउने, छाता बालीलाई प्रवद्र्धन गर्नुपर्ने अधिकृत उनले बताए ।

विज्ञहरुका अनुसार प्रांगारिक पदार्थले माटोलाई मलिलो र बुरबुराउदो बनाउनुका साथै साथै यसले नाइट्रोजन, फोसफोरस र पोटासलाई सहज रूपमा विरुवालाई उपलब्ध गराउन मद्दत गर्दछ । क्षारीयपन बढ्दो क्रम देखिएकाले खेतबारीमा गोठेमल, कम्पोष्ट मल, हरियो मल, जिप्सन राख्नुपर्ने विज्ञहरुको सल्लाह छ ।

बुटवलका किसानलाई खेतीयोग्य जमिन सम्बन्धि सचेतना जगाउनुपर्ने, कृषकले २ देखि ३ वर्षमा माटो परीक्षण गर्नुपर्ने, पशुपालनलाई बढावा दिनुपर्ने लगायतका कुरामा विज्ञहरुले जोड दिएका छन् । सिफारिस गरिएको मात्र मलखाद प्रयोग गर्ने, भूक्षय न्यूनीकरणका कार्यक्रम, भकारो सुधार कार्यक्रम, गोठेमल घाममा सुकेर तथा वर्षा याममा बगेर जाँदा मलिलो पदार्थ कम हुने भएकाले गोठबाट निस्कने मललाई ढाकेर राख्नुपर्ने, वा मल प्रयोग गर्ना साथ माटोमा मिलाउनुपर्ने, वाली चक्र अपनाउने लगायतका सुझावहरु पनि प्राविधिकहरुले दिएका छन् ।

कृषि प्राविधिक कुर्मीले खेतीयोग्य जमिनको उत्पादकत्व बढाउन माटोमा हुने तत्वहरुको सन्तुलन मिलाउन आवश्यक रहेको बताए ।

 

 

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij