ट्याक्टरको ठक्करबाट दाङमा एक बालिकाको मृत्यु

ट्याक्टरको ठक्करबाट दाङमा एक बालिकाको मृत्यु

दाङ, तुलसीपुरको अटो भिलेज नजिकै ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। सल्यानको छत्रेश्वरी गाँउपालिका – २ घर भइ हाल तुलसीपुर उपमहागनरपालिका – ९ गौरी शंकर टोलमा बस्दै आएकी ९ वर्षीया दिपशिखा वलीको टयाक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो।

 

दुर्गाप्रशाद वलीको छोरी दिपशिखा तुलसीपुरमा काकफ संगीता खड्काको कोठामा बस्दै आएकी थिइन ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार गौरीशंकर टोलदेखि अटोभिलेज तर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले बाटो पार गर्दै गरेकी दिपशिखालाई शनिबार दिउँसो ठक्कर दिएको थियो।

घटना लगत्तै चालक फरार भएका थिए। उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij