चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट

लुम्बिनी-चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने बिषयमा लुम्बिनी विकास कोषमा भेटघाट तथा छलफल गरेका छन् । ‘म कहिल्यै नमरि जीउन चाहन्छु’ नामक चलचित्रको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा सुटिङ गर्ने योजना रहेको भन्दै निर्माता तथा कलाकारहरुले आईतबार लुम्बिनीमा छलफल गरेका हुन् । उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बुद्ध र लुम्बिनीको सकरात्मक रुपमा प्रचार गर्ने गरी चलचित्र निर्माण हुने कुराले खुशी तुल्याएको बताए । उनले चलचित्रले चिनका नागरिकहरुमा बुद्ध र लुम्बिनीका बारेमा सकरात्मक प्रभाव पार्ने भन्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिए । लुम्बिनीमा चलचित्रको छायांकनका लागि कानुनले दिएका बिषयमा सक्दो सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए ।
छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भगवान बुद्धले लुम्बिनी भ्रमण गर्दा पनि जीवनमा भएका पापहरु क्षम्य हुने भनी बौद्धशास्त्रमा लेखेको उल्लेख गर्दै बुद्धको सन्देशलाई सहि रुपमा चलचित्रले उठान गर्न सुझाव दिए । लुम्बिनीमा शाक्यमुनी बुद्ध र कपिलबस्तुमा कक्रुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई पनि समेटेर छायाँकन गर्दा अझ प्रभावकारी हुने उनले बताए ।
छलफलमा चलचित्रका निर्माता चाउ डिफिङले आफूहरु अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताउँदै चिनियाँ दुतावास हुँदै लुम्बिनीमा छायांकनका लागि आउने बताए । उनले आफूहरुले बुद्धको जीवनको सन्देशलाई चलचित्रमा उतार्न खोजेको बताउँदै त्यसैका लागि यहाँ आएर छायांकन गर्ने योजना रहेको सुनाए । निर्माता चाउसँगै छायांकार डेङ्ग छुङमिन सहितको टिम लुम्बिनी आएको थियो । उनीहरुले चिनबाट चलचित्र छायांकन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरुको टोलीका सहजकर्ता डा. सागर न्यौपानेले बताए । चिनियाँ कलाकारहरु यहाँ आएर चलचित्र बनाउँदा लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने उनको पनि विश्वास छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij