शान्ति नमुनामा शिक्षाको संसारबाट कामको संसार कार्यक्रम 

शान्ति नमुनामा शिक्षाको संसारबाट कामको संसार कार्यक्रम 

 

तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम अन्तरगत शिक्षाको संसारबाट कामको संसार चिनाउने कार्यक्रम सम्पन्न भएको छ । इन्स्योर परियोजनासँगको सहकार्यमा सञ्चालित कार्यक्रममा विषय विज्ञहरुहरुले विद्यार्थीहरुले रोजेको वृत्तिमा रहेका सम्भावना र अवसरका वारेमा प्रकाश पार्नुभएको थियो । कक्षा ९ का विद्यार्थीहरुलाई १२ समूहमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रममा डा. समिर गौतम, इन्जिनियर इश्वरी न्यौपाने, उद्यमी राजकुमार पाण्डे, सिए योगेन्द्र बास्तोला, स्टाफ नर्स गरीमा लमछाने, होटल म्यानेजर सुवर्ण वर्मा, अभिवक्ता सञ्जीव बस्याल र व्यवसायी प्रकाश चापागाईले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो । विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सिमित नराखी उनीहरुलाई सम्बन्धित क्षेत्रको वास्तविक अनुभव हासिल होस् भनेर यस प्रकारको कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो । विद्यार्थीहरुलाई थप ज्ञान हसल गराउनका लागि सम्बन्धित क्षेत्रको अवलोकन भ्रमण समेत गराउने कार्यक्रम रहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमका संयोजक रजनी के.सी. ले बताउनुभयो । कार्यक्रमको सञ्चालन वृत्ति मार्गनिर्देशन शिक्षक दिनेश खड्का र शिक्षक भीम भुसालले गर्नुभएको थियो । कार्यक्रममा करीव ६ सय २५ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij