चार सय क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

चार सय क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।

१०७ वटा क्याम्पसमा यसअघि नै निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ । ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको हो ।

काठमाण्डौ उपत्यकाभित्र विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी, शंकरदेव, पब्लिक युथ, नेपाल ल र विश्वभाषा तथा काठमाण्डौ उपत्यकाबाहिर बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी, भैरहवा बहुमुखी, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस र कृषि क्याम्पस खैरहनीमा चुनाव स्थगित भएको छ । अरु केही क्याम्पसमा तोडफोड र तालाबन्दी भएको छ ।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा भने ८ गते चुनाव हुने भएको छ । आज चुनाव हुने क्याम्पसहरुमा प्रत्यक्ष र समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन हुनेछ ।

त्रिभुवन विश्वविद्यालयले प्रत्यक्ष र समानुपातिक प्रणालीलाई मिश्रित रूपमा लागू गरी स्ववियु चुनाव सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

यसअनुसार, चुनावी प्रक्रियाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यहरू प्रत्यक्ष प्रणालीबाट चयन गरिन्छन् भने उपाध्यक्ष, सहसचिव तथा बाँकी ५० प्रतिशत सदस्यहरू समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । विद्यार्थी सङ्ख्याका आधारमा स्ववियु कार्यसमितिको सदस्य सङ्ख्या निर्धारण गरिन्छ ।

दुई सयसम्म विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति, दुई सयदेखि एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ सदस्यीय कार्यसमिति, एक हजारदेखि तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ सदस्यीय कार्यसमिति र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

आज हुने स्ववियु चुनावको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij