रुपन्देही, २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा रुपन्देहीमा करिब २३ हजार विद्यार्थी सहभागी भएका छन् । परीक्षामा यस वर्ष जिल्लामा २२ हजार ९ सय ७५ विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीले जनाएको छ । जसअन्तर्गत नियमित ९साधारण धारतर्फ० १७ हजार ५ सय १८ जना, साधारण धारतर्फ ग्रेडवृद्धि ९पुरानो र नयाँ० ४ हजार ९ सय ३९ र प्राविधिक धारतर्फ ५१८ जना प्रशिक्षार्थीहरु सहभागी हुने भएका हुन् ।
विगतको वर्ष भन्दा यस वर्ष जिल्लामा एसईईमा सहभागी हुने विद्यार्थीको संख्या बढेको शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीले जनाएको छ । इकाइ प्रमुख उपसचिव माधव वन्जाडेका अनुसार रुपन्देहीमा गतको वर्ष भन्दा यस वर्ष ३ हजार २ सय ८० बढी विद्यार्थीहरु एसईईमा सहभागी भएका छन् । यस वर्ष बिहीबार ९आज० देखि १७ गतेसम्म एसईई परीक्षा सञ्चालन हुँदैछ । जसअन्तर्गत साधारण धारतर्फ ७ देखि १५ र प्राविधिक धारतर्फ ९थप दुई दिन० १७ गतेसम्म सञ्चालन हुनेछ ।
रुपन्देहीमा यस वर्ष ६० वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको छ । प्राविधिकतर्फबाट परीक्षार्थीहरु भैरहवा र बुटवलमा गरी दुईवटा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् । जिल्लामा यस वर्ष सामूदायिकबाट १७६ र संस्थागतबाट १७० गरी ३४६ वटा विद्यालयबाट परीक्षार्थीहरु सहभागीता रहेको वञ्जाडेले जानकारी दिए । रुपन्देहीमा पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
एसईई परीक्षा सञ्चालन हुने सम्पूर्ण परीक्षा केन्द्रमा स्वास्थ्य ९हेल्थ० डेस्कको व्यवस्था गरिएको छ । परीक्षार्थीहरुका लागि परीक्षामैत्री वातावरण र सहयोग गर्नका लागि स्वास्थ्य कार्यालय, रुपन्देही र स्थानीय तहहरुसँग समन्वय गरेर हरेक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी र प्राथमिक उपचारको व्यवस्थासहितको हेल्थ डेस्क स्थापना गरिएको हो
।
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्