भैरहवा, रुपन्देहीको भैरहवास्थित श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालय ९परीक्षा केन्द्र० बाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर बिहीबार माध्यमिक शिक्षा परीक्षा ९एसईई० को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा आशिष बनिया पक्राउ परेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परीक्षा निरीक्षक अब्दुल रहमान खाँका अनुसार निरीक्षणका क्रममा नक्कली विद्यार्थी फेला परेका हुन् । संजय चौधरीको नाममा ९अंग्रेजी विषयको ग्रेडवृद्धि० को परीक्षा दिन बनिया आएका थिए ।
चौधरी भैरहवास्थित श्री सु–संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी हुन् । उनको नाममा परीक्षा दिन आएका बनिया २०८० सालको एसईई परीक्षा उत्तीर्ण भइ हाल कक्षा ११ मा तिलोत्तमास्थित शान्ति नमूना माविमा अध्ययन गरिरहेको परीक्षा निरीक्षक खाँले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख उपसचिव माधव बन्जाडेले एकजना नक्कली परीक्षार्थी भेटिएको बताए । उनले रूपन्देहीमा शान्तिपूर्ण रुपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको बताए ।
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्