बुटवल उद्योग वाणिज्य संघको परिषद सभा चैत २५ मा

बुटवल उद्योग वाणिज्य संघको परिषद सभा चैत २५ मा

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि चैतमा परिषद सभा गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको विधान अनुसार यहि चैतको २५ गते परिषद सभा गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैंठकले परिषद सभामा कार्यसमितिको तर्फबाट महासचिवले प्रस्तुत गर्ने प्रतिवेदन तयारी तथा परिषद सभाका सदस्यहरुलाई पत्राचार लगायतका जिम्मेवारी पदाधिकारीलाई सुम्पिएको छ ।
त्यसैगरी बैठकले यहि चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभामा संघबाट सहभागि हुने प्रतिनीधि समेत चयन गरेको छ । महासंघको साधारण सभामा सहभागि हुनको लागि संघबाट मुख्य प्रतिनीधिमा अध्यक्ष हरिप्रसाद अर्याल तथा प्रतिनीधिहरुमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई चयन गरिएको हो । उक्त परिषद सभामा संघले प्रकाशन गरेको २०८२ को क्यालेण्डर समेत विमोचन गरिने छ ।

संघमा ‘विजनेश इन्कुवेशन सेन्टर’
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा पुनः ‘विजनेश इन्कुवेशन सेन्टर’ स्थापना हुने भएको छ । संघले उद्यमशिलता विकासका लागि २०७६ देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको थियो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।
विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले बुटवल उपमहानगरपालिका मार्फत बुटवल उद्योग वाणिज्य संघका नाममा कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीमा अनुदान स्वरुप उक्त रकम निकासा गरिसकेको छ । सोमबार बसेको संघको कार्यसमिति बैठकले विजनेश इन्कुवेशन सेन्टर सञ्चालन तथा उक्त रकम हस्तान्तरणका लागि बुटवल उपमहानगरपालिकामा पत्राचार गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले नवउद्यमीहरुलाई प्रोत्साहन र उनीहरुको उद्यम विकास तथा प्रवद्र्धनका लागि संघले यस अगाडि २ पटकसम्म विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट राम्रो प्रतिफल प्राप्त भएको बताउनु भयो । उहाँले सरकारी तहबाट प्राप्त भएको यो साथ र सहयोगले उद्यमशिलता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले विगतमा विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दा प्राप्त भएको प्रतिफलकै कारण सरकारी तहबाट यो प्रकारको सहयोग प्राप्त भएको बताउँदै विगतका सिकाई र अनुभवले अव सञ्चालन गर्ने कार्यक्रम अझै राम्रो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, काषाध्यक्ष बसन्तप्रसाद ढकाल लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij