काठमाण्डौ – पोखराबाट गएको सोमवार अपहरणमा परेकी अमेरिकी महिलालाई प्रहरीले मकवानपुरको हेटौँडाबाट उद्धार गरेको छ । पोखराको लेकसाइडमा रहेको एक होटलबाट अपहरणमा परेकी ७० वर्षीया वृद्धालाई हेटौँडाको नेवारपानीबाट मुक्त गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो ।
अपहरण गरेको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको छ ।
साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालमा रहेको अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको हो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्