कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीश मुसलमानको इजलासमा

कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीश मुसलमानको इजलासमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ।

शुक्रबार न्यायाधीश मुसलमानको एकल इजलासमा दुबै मुद्दाको सुनुवाइ हुन लागेको हो।

गत सोमबार मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई बर्खास्त गरी हितेन्द्रदेवलाई नियुक्त गरेको थियो।

घिसिङले आफूलाई सरकारले गैरकानुनी रूपमा बर्खास्त गरेको भन्दै बिहीबार रिट दायर गरेका थिए।

शाक्य पनि आफू यसअघि कार्यकारी निर्देशकको पदमा चार वर्षका लागि नियुक्त भएको भन्दै पारिश्रमिक र सुविधा पाउनुपर्ने माग गर्दै अदालत पुगेका थिए।

ती दुवै मुद्दालाई एउटै बेन्चले शुक्रबार सुनुवाइ गर्न लागेको हो।

 

प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij