काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् ।
प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुन व्यवसायीहरुले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने अन्तरिम आदेशको माग गरेका थिए ।
त्यसपछि न्यायाधीश मुसलमानले कानुन व्यवसायीहरुलाई ‘अल्पकालीन अन्तरिम आदेश जारी नहुने’ बरु दुवै पक्षलाई झिकाउने आदेश हुनसक्ने बताएका थिए ।
सर्वोच्च अदालतले आफ्नो वेवसाईटमा मुद्दाको प्रारम्भिक सुनुवाइपछिको अवस्था ‘अपडेट’ गरिसकेको छैन भने कुनै आदेश सार्वजनिक भएको छैन ।
अहिले इजलास खाजाका लागि स्थगित भएको छ । खाजा समयपछि नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पेश गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्