नेपाल भारत मैत्री संघ मणिग्राम शाखा रूपन्देहीको छैटौं मैत्रीसभा तथा अधिवेशन

नेपाल भारत मैत्री संघ मणिग्राम शाखा रूपन्देहीको छैटौं मैत्रीसभा तथा अधिवेशन

तिलोत्तमा, नेपाल भारत मैत्री संघ मणिग्राम शाखा रूपन्देहीको छैटौं मैत्रीसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले डोलराज पाण्डेयको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका उपाध्यक्षमा माया घिमिरे, सचिवमा गिरिराज भट्टराई, सह–सचिवमा नारायणप्रसाद भुसाल, कोषाध्यक्षमा विन्दु आचार्य सहित ६ जना सदस्य चयन गरेको छ ।

त्यस्तै केन्द्रिय अधिवेशन प्रतिनिधिमा डोलराज पाण्डेय, हरि न्यौपाने, हेमन्त पाण्डेय र पार्वती अर्याललाई सिफारिस समेत गरेको छ ।

त्यसअघि शाखाका अध्यक्ष एवम् केन्द्रीय सदस्य मोहनराज शर्माको सभापतित्वमा भएको मैत्रीसभा उद्घाटनका वक्ताहरूले नेपालको शिक्षा र समाज विकाशमा भारतीय जनताको तर्फबाट सहयोग प्राप्त भैरहेको भन्दै आपसी विकाशका थप कार्यक्रम गर्दै जाने बताएका थिए ।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष बासुदेव रिमाल, पूर्व केन्द्रीय अध्यक्ष मुरारीलाल अग्रवाल, केन्द्रिय सदस्य ध्रुवकुमार धिताल, जिल्ला अध्यक्ष शिरपत गुप्ता बेलहिया शाखा अध्यक्ष श्याम कान्दु लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij