लोडसेडिङ अन्त्य कुनै चमत्कार थिएन, इमान्दार प्रयास थियो : कुलमान घिसिङ

लोडसेडिङ अन्त्य कुनै चमत्कार थिएन, इमान्दार प्रयास थियो : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङले लोडशेडिङको अन्त्यका लागि आफूले इमानदार प्रयास गरेको बताउनुभएको छ ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी घिसिङले आफूलाई प्राधिकरणबाट हटाउने विषय आमनागरिकमा छर्लङ्गै रहेको बताउनुभयो । उहाँले उद्योगीको बक्यौता विद्युत् महसूल उठाउन खोज्दा आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको भन्दै गुनासाे गर्नुभयाे । उहाँले आफू विचलित नरहेको र नागरिकको आशीर्वादले हार्ने छुट पनि नरहेको समेत उल्लेख गनुभयो ।

आफूमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको घिसिङको आरोप छ । मन्त्रिपरिषद् बैठकले हटाउने दिन पनि आफू बिजुली बाल्नकै लागि मकवानपुरको एउटा विकट बस्तीका रूपमा रहेको चेपाङ बस्तीमा खटिएको उहाँले बताउनुभयो ।

गएको चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई बर्खास्त गरेको थियो । घिसिङलाई हटाएर प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिइएको हो । घिसिङ र सरकारबीच डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विषयलाई लिएर लामो समयदेखि विवाद थियो ।

झन्डै आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ‘लोडशेडिङमुक्त’ घोषणा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij