तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा दश बर्ष देखी १५ बर्ष सम्मका बालबालिकाका लागि उद्घोषण कला तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि एवं वडा नं ३ का वडाध्यक्ष कल्याण प्रसाद पौडेलले छोटो समयमै बालबालिकाले उद्घोषण कला सिकेको र आगामी दिनमा वडाबाट पनि बालबालिकाका लागि बजेट सुनिश्चित गर्ने बताउनुभयो ।
सो अबसरमा बालमैत्री सहजकर्ता लक्ष्मी ज्ञवालीले बालमैत्री संजालले नगरेको काम आमा समूहले गरेको भन्दै प्रसंशा गर्दै वडा हुदै नगरपालिकाबाट बालबालिकाका लागि कार्यक्रमको माग गर्ने बताउनुभयो
कार्यक्रममा समाजसेवी बसन्त जिसीले समूहले गरेको काममा आफु सधैं सकारात्मक भएको भन्दै तालिम समय थोरै भयकाले आगामी दिनहरूमा थप गर्नुपर्ने सुझाब दिनुभएको थियो । कार्यक्रम मा , राममाया घिमिरे, प्रबेश गिरी, स्नेहा बोहोरा लगाएतले आ आफ्ना भनाई राख्नु भएको थियो ।
बालबालिकाहरुले कार्यक्रममा आफनो नमूना कार्यक्रम प्रस्तुत समेत गरेका थिए।
समूहका अध्यक्ष मन्जुु गौतमको अध्यक्षतामा भएको कार्यत्रममा समूहका उपाध्यक्ष गीता रानाको स्वागत तथा सह सचिव इन्द्रा जि सीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पाँच दिन सम्म संचालन भएको उद्घोषण कक्षामा ३२ जना बालबालिका सहभागि भएको समूहका कोषाध्यक्ष निर्मला अर्यालले बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्