विश्व स्वास्थ्य दिवस बुटवल हस्पिटल प्रा लि द्धारा ६४ युनिट रक्तदान

विश्व स्वास्थ्य दिवस बुटवल हस्पिटल प्रा लि द्धारा ६४ युनिट रक्तदान

बुटवल – विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा लि ले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा लि ले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ ।
बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनशार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरु,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टीनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको सन्द्रभ पारेर रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । उहांले रगतदान गरेमा अर्को एक जना बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाका बिकास गर्नका लागि पनि हस्पिटलले रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताउनु भयो । एक सय शैया संचालनमा रहेको बुटवल हस्पिटल प्रा लिले रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डा कृष्ण प्रसाद खनालले बताउनु भयो ।

प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij