दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन हम्मेहम्मे,यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र

दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन हम्मेहम्मे,यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र

नवलपुर, बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन हम्मेहम्मे परेको छ। स्थान–स्थानमा सवारी जाम भएपछि यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र परेका छन्।

चिप्ला र उकालो बाटाहरूमा ट्रक, बसजस्ता ठूला सवारी चिप्लो सडकका र ठाउँ ठाउँमा सडक बिग्रे पछि सवारी साधनको लामो लाइन लाग्ने गरेको छ। सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायले ध्यान नदिँदा यात्रुहरूले दैनिक दुःख झेल्नु परेको छ । कतिपय स्थानमा सवारी फसेका छन् भने कतै सडक भासिएको छ।

सवारी साधन सुस्त गतिमा संचालनमा आएपनि जामका कारण समस्या बढेको छ । नवलपुरमा लगातार वर्षापछि सडक चिप्लो हुँदा यातायातमा समस्या देखिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख यादव ढकाले वर्षाका कारण सडक चिप्लो बनेको र त्यसले गर्दा सवारी साधनहरू अघि बढ्न नसकेर लामो जाम सिर्जना भएको बताए ।

प्रमुख ढकालका अनुसार, “सडक चिप्लो भएको छ। जसका कारण सवारी साधनहरू सञ्चालनमा समस्या आएको छ। हामीले प्रहरी परिचालन गरेर यातायातलाई सहज रूपमा सुचारु गर्ने प्रयास गरिरहेका छौं।”

यातायात हाल सुचारु भए पनि लामो लाइनमा अड्किएको सवारीका कारण यात्रुहरू समस्यामा परेका छन्। चिप्लो सडकका कारण दुर्घटनाको जोखिम पनि बढेको भन्दै प्रहरीले सवारी चालकहरूलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij