बुटवल देविनगर स्थित संजिवनी टोल विकास संस्थाको ११औ रक्तदान

बुटवल देविनगर स्थित संजिवनी टोल विकास संस्थाको ११औ रक्तदान

बुटवल-संजिवनी टोल विकास संस्थाले नियमित बार्षिक कार्यक्रम रक्तदान कार्यक्रम गरेको छ । बर्षको पहिलो महिनाको पहिलो शनिबार रक्तदान कार्यक्रम अभियान चलाएको संस्थाले यो बर्ष ११ औ रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै नगर विकासको अगुवाई टोल संस्थाहरुबाट हुने गरेको बताए । समुदायका मानिसहरुलाई जुटाएर सामाजिक कार्यमा अग्रसर गराउने र समुदायमा एकता ल्याउने काम टोल संस्थाबाट भएको उनले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पार्दै रगत अभावकै कारण मृत्यु हुने दर घटाउन रक्तदान अभियान जरुरी रहेको बताए । पछिल्लो वर्षहरुमा धेरै पालिकाहरु निशुल्क रगत अभियानमा जोडिनु सकारात्मक पाटो भएको भन्दै यसमा टोलटोल र समुदायको साथ सधै रहदै आएको उनले बताए ।

कार्यक्रममा टोल विकास संस्थाको अध्यक्ष हरि बहादुर गहतराजले रगत अभाव ले कोहि बिरामि ले ज्यान गुमाउन नपरोस भन्ने उदेस्यले हरेक बर्स रक्तदान गर्दै आएको बताए ।

कार्यक्रममा वडा सदस्य हेमा थामी,संस्थाका सल्लाहकार नरेन्द्र कुमार शर्मा, सल्लाहकार रेवन्त बिस्वकर्मा ,
सल्लाहकार सिता बिस्वकर्मा , राष्टिय गहुबाली अनुसन्धान केन्द्रका अधिकृत हरिश्चन्द्र बिक, चौतारि टोल बिकास संस्था का अध्यक्ष शिव प्रसाद बस्याल, सामाजिक मेलमिलाप केन्द्रका सदस्य लक्ष्मण ज्ञवाली लगायत ले बोल्दै विरामीहरुलाई रगत अभाव हुन नदिनलाई रक्तदान कार्यक्रम गरिएको र अगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ जना पुरुष र १६ जना महिला गरि ६१ युनिट रगत संकलन भएको संस्थाका सचिव देविका मास्कीले बताईन । कार्यक्रम उपाध्यक्ष इन्द्र बहादुर थापाको स्वागत,सचिव देविका मास्कीको संचालनमा सम्पन्न भएको हो ।संस्थालेआफनै लगानि मा कायालय भवन निमाण गरेको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij