रूपन्देहीको दानव नदीमा पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता

रूपन्देहीको दानव नदीमा पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता

रूपन्देहीको एक नदीमा तीन जना बालक बेपत्ता भएका छन्। सोमबार साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बालकहरूको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ। १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता छन्।

उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजे बेपत्ता भएका हुन्। सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली पुगेर खोजी थालेको छ।

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij