काठमाण्डौ – पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । विशेषगरी तराई/मधेशका जिल्लाहरुमा गर्मी धेरै छ ।
पश्चिम तराईको धनगढीमा हिजो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज त्यहाँको तापक्रम ४० डिग्रिसम्म पुग्ने अनुमान छ ।
यस्तै दिपायल, नेपालगञ्ज, भैरहवालगायतका ठाउँमा पनि तापक्रम बढेर ३८ डिग्री नाघेको छ । जनकपुरमा ३५ डिग्री नाघेको छ ।
तापक्रम बढ्दै गएकाले तराई मधेशमा केही दिनमा तातो हावासमेत चल्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।
बढ्दो गर्मीले जनजीवन प्रभावितसमेत भएको छ । यस्तै काठमाण्डौ उपत्यकामा पनि गर्मी अत्यधिक महसूस हुन थालेको छ ।
हिजो काठमाण्डौको तापक्रम ३१ डिग्री पुगेकामा आज अधिकतम तापक्रम ३० देखि ३२ डिग्रीसम्म पुग्ने अनुमान छ ।
मौसमविद् मानन्धरले देशभर अझै तापक्रम बढ्दै जाने बताउनुभयो । उहाँका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना छैन । तर थोरै ठाउँहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान छ ।
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार स्थानीय तथा पश्चिमी वायुको प्रभावका कारण तराई मधेश र बाँकी प्रदेशको तराई क्षेत्रमा मौसम आंशिक बद्ली भई मुख्यतया सफा रहनेछ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्