बुटवल
बुटवल उपमहानगरपालिका १३ बेलवासमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्वनगरमा अस्थाई बसाेबास गर्ने ३८ बर्षिय टेकबहादुर चाैधरी रहेका छन् ।
बुटवल उपमहानगरपालिका १३ बेलवास स्थित सडकमा मकै पाेलेर जिविकाेपार्जन गर्दै आएका चाैधरी साेही ठाउँको सिंचाइ गर्ने कुुलाेेमा घाेप्टाे परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको शव पाेष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्