काठमाडौं।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्षका लागि कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन् । आगामी बर्षकाे बजेट बारे प्रदेश सरकारहरूसँगको छलफलका क्रममा मन्त्री पौडेलले चालु बीमा प्रणालीलाई निरन्तरता दिन ठूलो बजेटको आवश्यकता रहेको स्पष्ट पारे ।
गत आर्थिक वर्षमा बीमा कार्यक्रमका लागि साढे सात अर्ब रुपैयाँ मात्र छुट्याइएको स्मरण गराउँदै उनले त्यसबेलै अस्पतालहरूले बीमा बोर्डबाट लिनुपर्ने वक्यौता १६ अर्ब रुपैयाँ रहेको जानकारी गराए ।
“अब वक्यौता तिर्नेगरी पनि बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ ?” भन्दै मन्त्री पौडेलले बजेट नभए प्रणाली संकटमा पर्ने बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा मात्र महिनाको औसत खर्च दुई अर्ब रुपैयाँ पुगिरहेको छ । त्यसअनुसार १२ महिनाको खर्च २४ अर्ब हुन्छ भने अघिल्लो वर्षको बाँकी वक्यौता १३ अर्ब रुपैयाँ पुगेको छ । यी दुई रकम जोड्दा ३७ अर्ब पुग्छ, बीमा बोर्डको सञ्चालन खर्च समेत जोड्दा बजेट आवश्यकता ४० अर्ब पुग्ने मन्त्री पाैडेलको दाबी छ ।
उनले भने, “४० अर्ब बजेट विनियोजन गरिएमात्र अहिलेको प्रणालीको बीमा चल्छ ।”
स्वास्थ बीमा बापत निजी मेडिकल कलेजहरूले पाउनुपर्ने रकम लामो समयसम्म नपाएको भन्दै यस्तो अवस्थामा स्वास्थ्य सेवा उपलब्ध गराउन नसकिने चेतावनी दिइसकेका छन् ।
सरकारको लगानी र नागरिकको योगदानबाट बीमा बोर्ड सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले “नागरिकले योगदान नागरिक कोषमा गर्ने र सेवा बीमा बोर्डबाट लिने” मोडल उचित नहुने तर्क समेत गरे ।
मन्त्री पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर,मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढिरहेको समेत जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्