बुटवल, १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मजदुर सम्मान कार्यक्रम गरेकोछ। बुटवल हाटबजार स्थित एकतामार्ग तिनाउ नदिको किनारमा बस्ने मजदुर कर्ण बहादुर लामालाइ सम्मान गरेको हो । फोहोरमैला प्रशोधन मेसिनमा परी एक हात गुमाउनु भएका लामालाइ उहाँको निवास मै पुगेर शान्ति समाजले रु। ५ हजार नगद सहित दोसल्ला ओडाइ सम्मान गरेको हो। शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनाल, ट्रेड युनियन काग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ , शान्ति समाजका केन्द्रीय सचिव लुम्बिनी प्रदेश डिपि खनाल, ट्रेड युनियन काङ्ग्रेस रुपन्देही अध्यक्ष रामप्रसाद ढकालले मजदुर आन्दोलन, अवस्था र श्रमको सम्मानको बारे चर्चा गर्नुभएको थियो।
रुपन्देही सभापति अर्जुन ज्ञवालीले संसारभरका मजदुर श्रमिकको प्रतिनिधिमुलक सम्मानार्थ कामको शिलशिलामा दुर्घटना परि हात गुमाउनु भएको र उपचार पछि पुनः काममा फर्किनु भएका मजदुर कर्ण बहादुर लामालाइ सम्मान गरिएको जानकारी दिनुभयो।
रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पान्डेको स्वागत, कार्यसमिति सदस्य सिता पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य लालहरि पाण्डे, रत्ना कंडेल, सल्लाहकार, पुर्वसभापति कृष्ण पराजुली, कृष्ण भट्टराई, कोषाध्यक्ष मोहनीलाल न्यौपाने, सहसचिव अर्जुन कुवर, कार्यसमिति सदस्य केशव राज पाण्डे, सागर भुसाल लगायतका अधिकारकर्मीको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्