काठमाण्डौ – नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आजदेखि १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ ।

 

मर्मतका लागि आजदेखि वैशाख मसान्तसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

 

काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिनेछ ।

 

सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक सडक प्रयोग गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

 

यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनिएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij