बुटवल , पाल्पाको सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बेलुकी पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्याम साईड नजिकै भएको दुर्घटना हँदा चालक रुपन्देहीको सियारी गाउँपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २५१७ नम्बरको रित्तो टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिप्परको अचानक टायर पञ्चर भई अनियन्त्रीत हुँदा सडकबाट झण्डै ६५ मिटर तल तिनाउ खोलाको किनारमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका चालक यादबलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए ।
प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्