भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराम गर्न सहमति जनाएका बताउनुभएको छ ।

अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्नुभएको छ ।

सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेको भन्दै उहाँले दुवै देशलाई बधाई दिनुभएको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले पनि भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । भारतीय समयानुसार आज बेलुकी ५ बजेदेखि दुवै पक्षले जमिन, हावा र समुद्रमा सबै प्रकारका गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको विदेश सचिव मिश्रीले बताउनुभयो ।

 

गएको महिना भारत‍-प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । भारतले पाकिस्तानलाई आतङ्ककारीलाई सघाएको आरोप लगाएको थियो । तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो ।

 

पहलगाम आक्रमणको जवाफ दिन भन्दै भारतले यो हप्ता पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका विभिन्न ठाउँमा हवाई हमला गरेको थियो ।

 

त्यसपछि दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गरेको अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको आरोप लगाउँदै आएका थिए । ती आक्रमणमा दुवै देशमा मानिसहरू हताहत भएको विवरण आएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij