बुटवल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल ९नेशनल प्याब्सन० रुपन्देहीले आफू मातहतका विद्यालयहरुका नेपाली शिक्षकहरुका लागि एकदिने शिक्षण सिकाई तालिम दिएको छ । नेशनल प्याब्सन रुपन्देही अन्तरगतका विद्यालयहरुमा नेपाली विषय अध्यापन गराउने शिक्षकहरुका लागि शनिबार नेपाली विषय शिक्षक तालिम दिइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले शिक्षकहरुकालागि शिक्षण सिकाई निरन्तर हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समयसमयमा दिइने शिक्षण सिकाई तालिमले शैक्षिक गुणस्तरीयतामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै नेशनल प्याब्सन नेपालका केन्द्रीय कार्यबाहक महासचिव कृष्णप्रसाद पौडेलले संस्थागत विद्यालयहरुले ठुलो शैक्षिक जनशक्ति उत्पादनमा ठुलो योगदान दिएता पनि राज्यबाट हेरिने दृष्टिकोण अझै पनि सकारात्मक बन्न नसकेको बताउनुभयो । उहाँले राज्यलाई निजी र सामूदायिक विद्यालयलाई एउटै नजरले हेर्नुपर्नेमा जोड दिनुभयो ।
नेशनल प्याब्सन रुपन्देहीका कार्यबाहक अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जेबी क्षेत्री, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सहभागी शिक्षक सृजना जिसी, करिश्मा केसीलगायतले शिककहरुलाई पनि तालिम र सिकाइ अभ्यास निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रुपन्देही जिल्लाभरी रहेका नेशनल प्याब्सन अन्तरगतका विद्यालयमा नेपाली विषय पढाउने ६ दर्जन शिक्षकहरुको सहभागीता रहेको सचिव विनोद थापा मगरले जानकारी दिनुभयो । स्वर्णीम पब्लिकेशनको सहयोगमा भएको कार्यक्रममा पब्लिकेशनका लेखक डिल्लीराम अर्याल र विक्रम पौडेलले सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्