इडन बाल क्लब गठन सम्पन्न, नयाँ नेतृत्व चयन

इडन बाल क्लब गठन सम्पन्न, नयाँ नेतृत्व चयन

 

बुटवल-इडन इङ्गलिस बोर्डिङ्ग स्कुलमा इडन बाल क्लबको गठन एक विशेष कार्यक्रममा सम्पन्न गरिएको छ। विद्यालयका उप-प्राचार्य कुशल वस्यालको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा क्लब इन्चार्जको रूपमा शिक्षिका भगवती ढकालले संयोजन गर्नुभएको थियो।

कार्यक्रममा कक्षा ५ देखि ९ सम्मका ६१ जना विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो। क्लबका नयाँ पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएका छन्। अध्यक्षमा शाहिस्ता शाही, उपाध्यक्षमा प्रज्ज्वल पौडेल, सचिवमा अनुस्का जि.एम., सह सचिवमा आयुश्मा ज्ञवाली र कोषाध्यक्षमा विक्रम के.सी. चयन भएका छन्। साथै, विभिन्न जिम्मेवारीसहित अन्य सदस्यहरू पनि चयन गरिएका छन्।

कार्यक्रमको सञ्चालन क्लब इन्चार्ज भगवती ढकालले गर्नु भएको थियो भने बधाई ज्ञापन तथा सहजीकरण उप-प्राचार्य कुशल वस्यालले गर्नुभएको थियो। उहाँले विद्यार्थीको नेतृत्व विकास र सृजनात्मक क्षमताको वृद्धिमा क्लबले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले नयाँ टोलीलाई शुभकामना दिँदै बाल क्लबलाई अझ सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij