रुपन्देही-बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ ।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजेतिर हत्या गरेको बताइएको छ । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।
सम्बन्ध बिच्छेद पछि छुट्टा छुट्टै बस्दै आएका बुटवलका सुजन कोईरालाले पुर्वपत्नी दीपा वस्याल र छोरीहरु ७ बर्षिय स्नेहा र ४ वर्षिय नानी बस्यालको हत्या गरको रुपन्देहरी प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्धामा जेल जिवन बिताएर केहि समय मात्रै छुटेका कोईरालाले आमा छोरीलाई संगै हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरी प्रवत्ता सुरज कार्कीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए । प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्