काठमाण्डाै – इस्लाम धर्मावलम्बीले बकर ईद (ईद–उल–अज्हा) भोलि शनिवार मनाउने भएका छन् । बकर ईद पर्व रमजान अर्थात् इदुलफित्रपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औं दिनमा मनाउने यो पर्वमा कतिपय हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । भोलि पर्व मनाउनका लागि मुसलमान समुदाय आवश्यक सबै किसिमको तयारीमा जुटेका छन् ।
इस्लाम धर्म अनुसार हरेक वर्ष अर्बी क्यालेन्डर अनुसार १०/१० दिनपछि सर्दै जान्छ । त्यसले गर्दा ३६ वर्षको अवधिमा सबै चाडपर्व एक फन्को लगाइसक्छ ।
यसैबीच गएको फागुन १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकोमा मुस्लिम आयोगको पत्र अनुसार भोलि शनिबार अर्थात् सार्वजनिक बिदाका दिन नै बकर ईद परेको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्