काठमाडौँ
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले अवरोध गरेपछि संसद् बैठक भोलि दुई बजेसम्मका लागि स्थगित भएको हो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।
संसदकाे गतिरोध अन्त्य गर्ने बिषयमा दलहरू बीच छलफल भए पनि सहमति जुट्न नसकेको हो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्