काठमाण्डौ – बाग्लुङमा भएको जीप दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो भएको जीप दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का चार जनाले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेहरुमा ७० वर्षीय नरबहादुर कार्की, ७५ वर्षीया भीमकुमारी बुढा र मनकुमारी थापा तथा २१ वर्षीया टीकाकुमारी कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका जीपका चालक २७ वर्षीय गोविन्द थापासहित १० जनाको उपचार भइरहेको छ ।
घाइतेमध्ये आठ जनाको मणिपाल अस्पताल पोखरामा र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीको भनाइ छ । अरु दुई जना उपचारपछि डिस्चार्ज भएका छन् ।
बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ च १७७५ नम्बरको जीप हिजो बेलुका दुर्घटना भएको थियो । जीपमा चालकसहित १६ जना थिए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्