म्याग्दीमा पहिरोले पुरिएर बुबाको ज्यान गयो, १३ वर्षीय छोरा वेपत्ता

म्याग्दीमा पहिरोले पुरिएर बुबाको ज्यान गयो, १३ वर्षीय छोरा वेपत्ता

बुटवल ,  म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको ज्यान गएको र उनका छोरा १३ वर्षका सरोज विक बेपत्ता रहेका म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । उनका अनुसार घर नजिकै घाँस काट्ने क्रममा पहिरो खसेर दुवैलाई पुरेको हो ।

यसैबीच धौलागिरि गाउँपालिका वडा नम्बर ४ बाँसबोटको भीरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी बग्न थालेको छ । अहिले नदीको बहाव सामान्य बनेको र सामान्य जोखिममात्रै रहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए । दिउँसो काउसीबोटको भीरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो ।

प्रकाशित मिति : बुधबार, असार २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij